Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

झ्याप्लेखोला पहिरो : ३ वटा गाडी पुरिँदा ३० जनाको मृत्यु भएको पुष्टि

झ्याप्लेखोला पहिरो : ३ वटा गाडी पुरिँदा ३० जनाको मृत्यु भएको पुष्टि

  • आइतवार, आश्विन १३ २०८१

  • 697
    SHARES

  • झ्याप्लेखोला पहिरो : ३ वटा गाडी पुरिँदा ३० जनाको मृत्यु भएको पुष्टि

    काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् ।

    चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आज बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

    सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । डीएसपी थापाका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ ।

    पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ ।उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।

    त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।


    आइतवार, आश्विन १३ २०८१०१:२५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij