ललितपुरको महाङकाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेले सहयोगको याचना गर्नुभएको छ ।
केही बेर अगाडि सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले आफूहरू असुरक्षित रहेकाले सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको हो
उहाँले लेख्नुभएको छ, ‘हामी सुरक्षित छैनौं। हेल्प चाहियो’
ललितपुरको महानकाल अन्तर्गतको धामीखोला, माथिल्लो गोतिखेल लगायतका क्षेत्रमा बाढीले ठूलो असर गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
ललितपुरका पत्रकार केदारनाथ दाहालका अनुसार महाङ्काल गाउँपालिका उच्च जोखिममा रहेको छ । ठूलो धनको क्षती भइसकेको छ भने मानवीय क्षतीसमेत हुने खतरा रहेको उहाँको भनाई छ।
उहाँका अनुसार लगातारको बर्षाका कारण माङकाल गाउँपालिकाको प्रहरी चौकी, सबडिभिजन वन कार्यालय गोटिखेल, बैतरनीधाम लगायतका स्थानमा बाढी पस्दा ठूलो क्षति भएको छ । विस्तृत विवरण आउन बाँकी रहेको उनले जनाएका छन् ।
त्यसैगरी कोन्ज्योसोम गाउँपालिका वडा नं ५ भारदेऊमा एक घर उच्च जोखिममा, बागमती गाउँपालिका वडा नम्बर ५ मा पक्की पुल भाँसिएको पत्रकार दाहालले जनाएका छन् ।