काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ।
भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गर्नुभयो ।
उहाँले लैंगिक समानताका लागि नेपाल ‘यूएन वुमन’सँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो ।