Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

  • बिहिवार, आश्विन १० २०८१

  • 566
    SHARES

  • प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

    न्यूयोर्कमा रहनुभएका ओलीले स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि बिहानी सत्रमा ९ देशमा प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रसंघले जनाएको छ ।

    त्यसपछि दिउँसो सत्रमा पहिलो वक्ताको रुपमा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, बेरोजगारी, गरिबी निवारण लगायतका विषय उठाउने तयारी गर्नुभएको छ ।

     


    बिहिवार, आश्विन १० २०८१०८:४०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij