Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

संसदीय समितिले सार्वजनिक गरेको प्रतिवेदनको कुनै पनि अर्थ र औचित्य छैन: अधिवक्ता न्यौपाने

संसदीय समितिले सार्वजनिक गरेको प्रतिवेदनको कुनै पनि अर्थ र औचित्य छैन: अधिवक्ता न्यौपाने

  • बुधवार, आश्विन ९ २०८१

  • 1.1K
    SHARES

  • संसदीय समितिले सार्वजनिक गरेको प्रतिवेदनको कुनै पनि अर्थ र औचित्य छैन: अधिवक्ता न्यौपाने

    काठमाडौं । अधिवक्ता यज्ञमणी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने कारण नै नभएको बताउनुभएको छ ।

    कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु अगाडिका परिस्थितीहरु नै पुर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग नभएकाले पक्राउ गर्नु र गराउनु कारण नै नभएको अधिवक्ता न्यौपानेले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता न्यौपानेले सहकारीको रकम अपचलन सम्बन्धि छानविन गर्न बनाइएको संसदीय समितिको प्रतिवेदन नै गलत भएको दाबी गर्नुभएको छ ।

    यस्तै समितिले सार्वजनिक गरेको प्रतिवेदनको कुनै पनि अर्थ र औचित्य नरहेको समेत उहाँको भनाइ रहेको छ ।

    प्रतिवेदनमा राजनीतिक गरेर कुनै ठाउँमा निर्दोष भनेर व्याख्या गरिएकोर कुनै ठाउँमा कारवाहीका लागि सिफारिस गरिएको आरोप लगाउँदै अधिवक्ता न्यौपानेले यि दुवै कार्य संविधानको पृथकीकरणको सिद्धान्तको विपरित भएको तर्क गर्नुभयो ।


    बुधवार, आश्विन ९ २०८११०:३९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij