Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रविन्द्र मिश्रले गलत व्याख्या गरेको भन्दै प्रचण्ड सचिवालयद्धारा खण्डन

रविन्द्र मिश्रले गलत व्याख्या गरेको भन्दै प्रचण्ड सचिवालयद्धारा खण्डन

  • बुधवार, आश्विन ९ २०८१

  • 852
    SHARES

  • रविन्द्र मिश्रले गलत व्याख्या गरेको भन्दै प्रचण्ड सचिवालयद्धारा खण्डन

    काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफूसँगको भेटका क्रममा भएको छलफल बारे गलत व्याख्या गरेको भन्दै माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।

    प्रचण्डपुत्री गंगा दाहालले सचिवालयको तर्फबाट आज सार्वजनिक गरेको वक्तव्यमा राप्रपा नेता मिश्रले अराजनीतिक चरित्र प्रदर्शन गरेको आरोप लगाइएको छ ।

    मिश्रले हिजो प्रचण्डसँगको भेटमा राजतन्त्रका बारेमा प्रचण्ड निकै सकारात्मक रहेको र पुनर्विचार गर्ने बताउनु भएको उल्लेख गर्नु भएको थियो ।
    त्यसको जवाफमा सचिवालयले पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्था भित्र भएको देशको अधोगती र जनताको बर्बादी बारे अझै कोही नेपाली भ्रममा नरहेको स्पष्ट पारेको छ ।

    सचिवालयले सस्तो राजनैतिक प्रचारमा नलाग्न राप्रपा नेता मिश्रलाई सुझाव समेत दिएको छ । उहाँले यसअघि काँग्रेस नेता डा. चन्द्र भण्डारीको अभिव्यक्तिलाई पनि गलत व्याख्या गरेर विवादमा तान्ने प्रयास गर्नु भएको थियो ।

    राप्रपा नेता मिश्रले अन्य नेताहरुको अभिव्यक्तिलाई पनि आफु अनुकुल व्याख्या गरेर विवादमा तान्ने गर्नु भएको छ । यता, पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्ड र मिश्रबिचको भेटलाई कटाक्ष गर्नुभएको छ ।

    प्रचण्डले राजा महेन्द्र त गज्जबका ’भिजनरी’ राजा रहेछन् भन्ने प्रतिक्रिया दिएको रवीन्द्रको भनाइलाई लक्षित गर्दै उनले बिरालो म्याउ गरेको रूपमा चित्रण गर्नुभएको छ ।


    बुधवार, आश्विन ९ २०८११०:३७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij