Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्रीबीच भेटवार्ता

  • बुधवार, आश्विन ९ २०८१

  • 618
    SHARES

  • प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्छ ।

    गएराति सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफा र ओलीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । त्यस्तै फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री ओलीले २६ सेप्टेम्बर (अमेरिकी समयअनुसार असोज १०) मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले महासभालगायतका मञ्चहरूमा नेपालको संविधान, पञ्चशीलमा आधारित विदेश नीति, नेपालको सङ्क्रमणकालीन न्याय तथा जलवायु परिवर्तन, हिमालका मुद्दालाई प्राथमिकताका साथ राख्नुहुनेछ ।

    भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । त्यसअघि प्रधानमन्त्री ओलीले अस्ति सोमवार कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्नुभयो ।

    त्यस्तै न्यूयोर्कमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता भएको थियो । मोदीसँगको भेटवार्ता अघि कुवेतका राजकुमार शेख सबाह अल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग पनि कुराकानी भएको थियो । 


    बुधवार, आश्विन ९ २०८१०८:१८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij