काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले सहकारीको रकम अपचलन प्रकरणमा गठिन संसदीय छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कारवाही हुनुपर्ने बताउनुभएको छ ।
क्लिन चिटको यथार्थ नबुझेरै बाहिर हल्ला फैलाएजस्तो नभएकाले प्रतिवेदनमा जिम्मेवार व्यक्तिलाई कारवाही गर्नु भनिसकेपछि नाम नै तोक्नुपर्ने आवश्यक नरहेको पूर्वमन्त्रीसमेत रहनुभएकी झाँक्रीको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले यो प्रकरणमा क्लिन चिट पाए भन्ने स्वयम् लामिछाने र पार्टीका कार्यकर्ताले भन्दै आइरहेका छन् नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रले यो बाहिर फैलाइएको कुरा भ्रम मात्रै भएको स्पष्ट पार्नुभयो ।
पुर्वगृहमन्त्रीसमेत रहेका लामिछाने पनि सहकारी प्रकरणमा जिम्मेवार देखिएको प्रष्टै हुने र सरकारले सोहि अनुसार कारवाही र अनुसन्धान हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।
यता, सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रश्न गर्नुभएको छ । जोशीले आफूलाई भन्दा पहिला रविलाई पक्राउ गर्नुपर्ने कुरा राखेको प्रहरीस्रोतले बताएको छ भने सरकारले रविलाई तत्काल पक्राउ नगर्ने भएको छ ।
आइतबार साँझ नै पक्राउ गर्ने भनेर भनिए पनि अहिले तत्काललाई रविलाई पक्राउ नगरिने जनाइएको छ । रवि लगायत उहाँका कार्यकर्ताले भने पक्राउ गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
यस्तै नेतृ क्राँक्रीले यो प्रकरणमा जिम्मेवारी र अपराधि ठहरिएका कोहिले पनि उन्मुक्ति नपाउने विश्वास व्यक्त गर्नुभएको छ । गृह तथा उपप्रधानमन्त्रीसमेत भइरहेका व्यक् िलामिछानेले कानुनको खिल्ली उडाउछन् भन्ने नलाग्ने भएकाले प्रतिवाद गर्छु भन्नु अराजकताको पराकाष्ठ भएको बताउनुभएको छ ।