Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले स्नातक तह पासको प्रमाणपत्र बुझाउन सकेनन्

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले स्नातक तह पासको प्रमाणपत्र बुझाउन सकेनन्

  • सोमवार, आश्विन ७ २०८१

  • 457
    SHARES

  • श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले स्नातक तह पासको प्रमाणपत्र बुझाउन सकेनन्

    काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ ।

    सिंहदरबारमा सोमबार बसेको बैठकमा भट्टराईको नाम अस्वीकृत गर्न दुईतिहाइको संख्या नपुगेपछि मंगलबारको बैठकले निर्णय लिने समिति सदस्य एवं कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार बैठकमा १५ मध्ये ८ सदस्यमात्रै सहभागी थिए ।

    समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारी छ । घिमिरेले प्रस्तावित व्यक्तिका नाम अस्वीकृत गर्न दुईतिहाइ संख्या आवश्यक पर्ने तर बैठकमा बहुमत सदस्यमात्रै रहेकाले निर्णय गर्न नसकिएको बताउनुभयो ।

    भट्टराईको राजदूत नियुक्त हुनका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलव्ध नभएपछि समितिले सोमबारसम्म प्रमाणपत्र बुझाउनका लागिसमय दिएको थियो ।

     


    सोमवार, आश्विन ७ २०८१०४:०९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij