Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो

पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो

  • सोमवार, आश्विन ७ २०८१

  • 621
    SHARES

  • पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

    काठमाडौंबाट पक्राउ परी पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

    जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट पक्राउ गरिएको हो । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

    सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

    सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ ।

     


    सोमवार, आश्विन ७ २०८१०२:०६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij