Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

श्रीलंकामा राजापाक्षे परिवार जनताबाट विस्थापित

श्रीलंकामा राजापाक्षे परिवार जनताबाट विस्थापित

  • आइतवार, आश्विन ६ २०८१

  • 460
    SHARES

  • श्रीलंकामा राजापाक्षे परिवार जनताबाट विस्थापित

    काठमाडौं । राजापाक्षे परिवारबाट उम्मेदवार बनाइएका नमल राजापक्षे शनिबार भएको श्रीलंकाको चुनावमा धेरै मतान्तरले पछि परे । श्रीलंकाली राष्ट्रपति बनेका अनुरा कुमार दिशानायकेले २७ लाख कटाउँदा नमल राजापाक्षेको मत भने दुई लाख पनि पुगेको छैन । उनी पाँचौं स्थानमा पुगे ।

    श्रीलंकाली अखबार डेली मिररका अनुसार नमलको मत १ लाख ६३ हजार ७३३ आएको छ । जुन १।८ प्रतिशतमात्रै हो । श्रीलंकाको राजनीतिमा राष्ट्रपति तथा प्रधानमन्त्री भएका महिन्दा राजापाक्षेका छोरा तथा पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेका भजिता नमलले पाएको यो मत राजापाक्षे परिवारलाई जनताले गरेको अस्वीकारको रुपमा लिइएको छ ।

    सन् २०२२ मा भएको प्रदर्शनको क्रममा गोताबाया राजापाक्षेले देश छोडेर भाग्नुपरेको थियो । अवस्था सामान्य भएपछि मात्रै उनी देश फर्किएका थिए ।


    आइतवार, आश्विन ६ २०८१०२:२२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij