एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् ।
यी दुुई टालीबीचको खेल आज राति पौने ८ बजे युएईको आबुधाबीमा सुरु हुनेछ । आजको खेलको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोली बाहिरिने छ ।
दोस्रो क्वालिफायर विजेता टिमले फाइनलमा उपाधिका लागि साविक विजेता मुम्बईको सामना गर्नेछ । आइपिएलको फाइनल खेल नोभेम्बर १० अर्थात् आगामि मंगलबार हुनेछ ।
दिल्ली नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम हो । यद्यपि, दिल्लीले सन्दीपलाई हालसम्म खेलाएको छैन ।