काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताउनुभएको छ ।
संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले राजनीति आफैँमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रूपमा प्रयोग गर्ने गरिएको बताउनुभयो । उहाँले राजनीतिमा आपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेका जोड दिनुभयो ।
उहाँले संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको र संशोधनका गुञ्जायस खोज्नुपर्ने धारणा राख्नुभयो । अहिलेसम्म धेरै पटक संशोधन गरेकैले संविधानहरू जीवित रहेको बताउँदै समयअनुकुल परावर्तन गरेमात्र संविधानलाई जीवित राख्न सकिने बताउनुभयो ।
धेरै पटक संशोधन गरेको संविधानहरू नै जीवित रहेको उहाँको भनाइ छ ।