Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

माओवादी हरेक दिन कमजोर बन्दैछ : महासचिव भुसाल

माओवादी हरेक दिन कमजोर बन्दैछ : महासचिव भुसाल

  • शुक्रवार, आश्विन ४ २०८१

  • 813
    SHARES

  • माओवादी हरेक दिन कमजोर बन्दैछ : महासचिव भुसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै गएको बताउनुभएको छ ।

    बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देशसभालाई सम्बोधन गर्दै उहाँले अब माओवादीको कुनै प्रयोग काम नलाग्ने बताउनुभयो ।

    उहाँले कांग्रेस आफैं बलियो हुने पार्टी नभएको भन्दै अरु कमजोर हुँदामात्रै बलियो हुने पार्टीको संज्ञा दिनुभयो ।

    महासचिव भुसालले कांग्रेसको आफ्नो नीति र सिद्धान्त नभएको भन्दै गुटको महासंघको रुपमा रहेको टिप्पणी गर्नुभयो । नेता भुसालले राम्रो व्यवस्था भएको भए दुई पटक संसद विघटन गर्ने ओलीलाई भविष्यमा समेत राजनीति गर्न अयोग्य भनेर नालायक सावित गर्न सक्नुपर्नेमा अहिले नेता भएर हिँडिरहेको बताउनुभयो ।

     


    शुक्रवार, आश्विन ४ २०८१०१:५९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij