Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

चारवटा समितिको बैठक आज बस्दै

चारवटा समितिको बैठक आज बस्दै

  • शुक्रवार, आश्विन ४ २०८१

  • 488
    SHARES

  • चारवटा समितिको बैठक आज बस्दै

    काठमाडौं । संघीय संसद् अन्तर्गत चार समितिको बैठक आज बस्दैछ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकोे बैठकमा आज विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ। बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बिहान ११ बजे बस्नेछ ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकनसम्बन्धी विषयमा छलफल हुनेछ। यो बैठक पनि बिहान ११ बजे नै बस्नेछ ।

    विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको (संयुक्त) बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची छ ।


    शुक्रवार, आश्विन ४ २०८१०८:४६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij