Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सम्पूर्ण विज्ञापनदाता, शुभचिन्तक, सहयात्री रेडियोहरु र सहयोगीहरुमा धन्यवाद : प्रबन्ध निर्देशक अधिकारी

सम्पूर्ण विज्ञापनदाता, शुभचिन्तक, सहयात्री रेडियोहरु र सहयोगीहरुमा धन्यवाद : प्रबन्ध निर्देशक अधिकारी

  • बिहिवार, आश्विन ३ २०८१

  • 702
    SHARES

  • सम्पूर्ण विज्ञापनदाता, शुभचिन्तक, सहयात्री रेडियोहरु र सहयोगीहरुमा धन्यवाद : प्रबन्ध निर्देशक अधिकारी

    काठमाडौं । नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारीले सम्पूर्ण विज्ञापनदाता, शुभचिन्तक, सहयात्री रेडियोहरु र सहयोगीहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको ८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले नेटवर्कलाई यो तहसम्म पुर्याउनका निम्ति प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको हो । काठमाडौंको बबरमहलस्थित अल्फाबिटामा आयोजना गरिएको समारोहमा विभिन्न क्षेत्रका व्यक्ति, संविधानका जानकार, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    वार्षिकोत्सव समारोह कार्यक्रमको सञ्चालन नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले गर्नुभएको थियो ।

    नेटवर्कका हरेक बुलेटिन अहिले देशभरीका झण्डै ३०० रेडियोहरूबाट प्रसारण हुने गरेको छ । नेटवर्क अन्तर्गत अहिले काठमाडौमा आफ्नै रेडियो एनआरएन ९९.१, समाचारमुलक अनलाईन नेपाली नेटवर्क डटकम, नेपाली नेटवर्क अनलाइन टिभी र समय टिभी गरी पाँच ओटा सञ्चार माध्यम रहेका छन् ।

    सेयरकाष्ट नामक अनुसन्धान संस्थाले गरेको सर्वेक्षण अनुसार नेपाली रेडियो नेटवर्कका सामग्रीहरु दैनिक कम्तीमा ५० लाख मानिसले सुन्ने गरेका छन् ।


    बिहिवार, आश्विन ३ २०८१०६:२७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij