Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

‘संविधान संशोधनमा सर्वसम्मति आवश्यक छ’: उर्जामन्त्री खड्का

‘संविधान संशोधनमा सर्वसम्मति आवश्यक छ’: उर्जामन्त्री खड्का

  • बिहिवार, आश्विन ३ २०८१

  • 392
    SHARES

  • ‘संविधान संशोधनमा सर्वसम्मति आवश्यक छ’: उर्जामन्त्री खड्का

    काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले संविधान संशोधनका चुनौतिहरुलाई मध्यनजर गरेर सबैको सर्वसम्मति आवश्यक रहेको बताउनुभयो।

    नेपाली रेडियो नेटवर्कको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो। देशको आजको अवस्थामा संविधान संशोधन गरेर भएपनि जनताका समस्या सम्बोधनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    विक्रम सम्वत् २०७३ साल असोज ३ गते संविधान दिवसको दिनदेखि औपचारिक प्रसारण आरम्भ गरेको नेपाली रेडियो नेटवर्कले आफ्नो वार्षिकोत्सवसँगै संविधान जारी भएको नवौँ वर्ष पूरा भई दशौँ वर्ष प्रवेश गरेको अवसरमा आज(बिहिबार)काठमाडौंको नयाँ बानेश्वरस्थीत अल्फाविटामा ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संविधान कार्यान्वयनका सबलता र जटिलताका विषयमा विज्ञसँगै राजनैतिक दलका नेताहरुसँग छलफल गरेको हो।


    बिहिवार, आश्विन ३ २०८१०६:१३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij