काठमाडौं । नेपाली रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलाले संविधान निर्माण र कार्यान्वयनमा नेटवर्कको ठूलो भूमिका रहेको दाबी गर्नुभएको छ ।
नेटवर्कको ८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष धमलाले संविधान कार्यान्वयनका लागि आफूहरुले सहयोगी भूमिका खेल्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । नेटवर्कका तर्फबाट हरेक सहयोग गर्न तयार रहेको बताउँदै अध्यक्ष धमलाले नेताहरुलाई सुध्रिन चुनौति दिनुभयो ।
जनताको पक्षमा काम गर्न नसके संविधान निर्माण मात्रै गरेर केही अर्थ नहुने उहाँको तर्क रहेको छ । नेटवर्कले आफ्नो नवौँ वर्ष प्रवेशका अवसरमा संविधान संशोधनको आवश्यकता र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम पनि गरेको छ ।

संविधान दिवसकै दिन विक्रम सम्वत् २०७३ साल असोज ३ गतेदेखि औपचारिक प्रसारण आरम्भ गरेको नेटवर्कले संविधान संशोधन आवश्यकता र चुनौतिका विषयमा विभिन्न क्षेत्रका विज्ञ र नेताहरुसँग छलफल गरेको हो ।
