Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

संविधानले सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको राष्ट्रपति पौडेलको विश्वास

संविधानले सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको राष्ट्रपति पौडेलको विश्वास

  • बिहिवार, आश्विन ३ २०८१

  • 478
    SHARES

  • संविधानले सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको राष्ट्रपति पौडेलको विश्वास

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको बताउनु भएको छ ।

    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले संविधानले विभिन्न जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा गाँसेको बताउनुभएको हो ।

    शुभकामना वक्तव्यमा उहाँले राजनीतिक दल, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गर्नुभएको छ ।

    शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले ’हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, यसका लागि राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ । अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन ।’ उल्लेख गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताउँदै संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्रदान हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित र सामाजिक सुरक्षाको प्रत्याभूत गर्न आवश्यक रहेको बताउनुभएको छ ।

    राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न क्षेत्रबाट आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताको योगदानको प्रशंसा पनि गर्नुभएको छ । साथै विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन बलिदान गर्ने ज्ञात तथा अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

    नेपाली जनताको संघर्ष र बलिदानपछि प्राप्त संविधानसभाबाट वि.सं २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो ।


    बिहिवार, आश्विन ३ २०८१०८:२७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij