Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

संविधान दिवसको दिन कैद छुट पाएर कोहीपनि नछुट्ने

संविधान दिवसको दिन कैद छुट पाएर कोहीपनि नछुट्ने

  • बुधवार, आश्विन २ २०८१

  • 609
    SHARES

  • संविधान दिवसको दिन कैद छुट पाएर कोहीपनि नछुट्ने

    काठमाडौं । संविधान दिवसको दिन बिहीबार कैद छुट पाएर कोहीपनि नछुट्ने भएका छन् ।

    कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले संविधान दिवसमा कोहीपनि नछुट्ने बताउनुभयो । उहाँले गृह कार्य नपुगेका कारण रोकिएको बताउनुभयो ।

    ‘वर्षमा चारपटक माफी दिने भन्ने हो, संविधान दिवसमा दिनैपर्छ भन्ने होइन । दशैँमा पनि दिन सकिन्छ’, सहसचिव भट्टराईले बताउनुभयो । यसअघि सरकारले गत गणतन्त्र दिवसका अवसरमा पनि कसैलाई पनि बाँकी सजाय माफी गरेर छाडेको थिएन ।

    त्यसपछि ६ सय २० जनाको सूची निकालेर उजुरी भए आह्वान गरिएको थियो। उनीहरुलाई कसैलाई पनि छाडिएको छैन । दुई साताअघि थप ४ सय ९२ जनाको सूची निकालेर उजुरी आह्वान गरिएको थियो ।

    कारागार व्यवस्थापन विभाग प्रमुख भट्टराईले जनस्तरबाट विवाद आउन नदिन गृह कार्य भएकाले समय लागेको बताउनुभयो ।

    योगराज ढकाल रिगल कान्डपछि सरकारले ज्यान मुद्धाका कैदीलाई पीडितका आफन्तको सहमति लिएर मात्र छाड्न लागेको छ ।

     


    बुधवार, आश्विन २ २०८१०४:०५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij