Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

पार्टीप्रति देशभर आकर्षण बढेको प्रचण्डको दाबी

पार्टीप्रति देशभर आकर्षण बढेको प्रचण्डको दाबी

  • बुधवार, आश्विन २ २०८१

  • 740
    SHARES

  • पार्टीप्रति देशभर आकर्षण बढेको प्रचण्डको दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गर्नुभएको छ ।

    केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै आफूहरू सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा जाँदा पार्टीप्रति जनआकर्षण बढ्दै गएको पाएको जिकिर गर्नुभयो ।

    पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम बनाएर जाने बताउनुभयो ।

    बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ ।

     


    बुधवार, आश्विन २ २०८१०१:४५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij