Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

  • बुधवार, आश्विन २ २०८१

  • 461
    SHARES

  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

    नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे बैठक बोलाइएको कोशी प्रदेशसभाका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिनुभयो ।

    केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ। माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो। साउन ११ गते माओवादी कोशी सरकार छाडेको थियो।

    कार्कीको समर्थनमा नेकपा एमालेका ४০ र कांग्रेसका २९ सांसद छन्।प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

     


    बुधवार, आश्विन २ २०८१०७:५९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij