Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

राजेन्द्र महतोले गरे पार्टी घोषणा

राजेन्द्र महतोले गरे पार्टी घोषणा

  • मंगलवार, आश्विन १ २०८१

  • 590
    SHARES

  • राजेन्द्र महतोले गरे पार्टी घोषणा

    काठमाडौं। पूर्वमन्त्री एवं राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले पार्टी घोषणा गर्नुभएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाउँदै आउनुभएको थियो।

    अभियानको विस्तारित बैठकबाट आज महतोले पार्टी घोषणा गर्दै पार्टीको नाम ’राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गर्नुभएको हो। पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ ।

    महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ। लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाउनुभएको थियो।


    मंगलवार, आश्विन १ २०८१०५:२०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij