Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरु प्रहरी नियन्त्रणमा

बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरु प्रहरी नियन्त्रणमा

  • मंगलवार, आश्विन १ २०८१

  • 480
    SHARES

  • बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरु प्रहरी नियन्त्रणमा

    काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताउनुभयो ।

    ‘उहाँहरु सँगै केही स्थानीयको विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको हो’ एसएसपी रजौरेले भन्नुभयो ।

    जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

    प्रहरीले बालेन समर्थक १३ जनालाई अहिले जनसेवा वृत्त परिसरमा राखिएको छ ।

     


    मंगलवार, आश्विन १ २०८१०१:५९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij