Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

संवैधानिक परिषद्को बैठक आज बस्दै

संवैधानिक परिषद्को बैठक आज बस्दै

  • सोमवार, भाद्र ३१ २०८१

  • 660
    SHARES

  • संवैधानिक परिषद्को बैठक आज बस्दै

    काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ। नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

    यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो।

    आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ। बैठकले हालका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना रहेको छ।

    यसबाहेक रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी पनि नियुक्त हुनसक्ने जनाइएको छ।

     


    सोमवार, भाद्र ३१ २०८१०७:४३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij