Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची

  • सोमवार, भाद्र ३१ २०८१

  • 539
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज बस्दै,  प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ

    नेकपा माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित गरिएको थियो।

    यसैबीच, सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।

    सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

     


    सोमवार, भाद्र ३१ २०८१०७:३६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij