Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रास्वपाले नै उपसभामुख प्रकरण गिजोल्यो : महेश बर्तौला

रास्वपाले नै उपसभामुख प्रकरण गिजोल्यो : महेश बर्तौला

  • आइतवार, भाद्र ३० २०८१

  • 594
    SHARES

  • रास्वपाले नै उपसभामुख प्रकरण गिजोल्यो : महेश बर्तौला

    काठमाडौं । सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नै उपसभामुख प्रकरण गिजोलेको आरोप लगाउनुभएको छ । आइतबार सभामुखसहित दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले उपसभामुख इन्दिरा रानाले कमजोरी गरेको रास्वपाले पनि स्वीकार गरिसकेको बताउनुभयो ।

    उहाँले सत्ता गठबन्धनको बैठकमा आफूहरूले अमेरिका जानका लागि अन्तरवार्ताको मिति सार्ने उपसभामुखको पत्रबारे छलफल गरेको तर विषयलाई उछाल्ने कुनै तयारी नगरेको पनि स्पष्ट पार्नुभयो । तर‚ बन्द कोठामा भएको निष्कर्ष नै ननिकालिएको छलफलबारे संसद् बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएपछि आफूहरूले राजीनामा माग्न बाध्य भएको सुनाउनुभयो ।

    ‘एकाएक रास्वपाका प्रमुख सचेतकले फायर खोल्ने काम गर्नुभयो । एउटा जिम्मेवारी राजनीतिक दलले उपसभामुखजस्तो पदको हुर्मत लिनेगरी प्रसङ्ग निकाल्नुभयो। सत्तापक्षतर्फ हिलो छ्याप्ने काम गर्नुभयो,’ उहाँले भन्नुभयो।

    उहाँले उपसभामुखको कमजोरी भएकोले रानालाई बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेको बताउनुभयो ।


    आइतवार, भाद्र ३० २०८१०२:००:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij