Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्त गरिने

मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्त गरिने

  • मंगलवार, आषाढ २३ २०७७

  • 1.2K
    SHARES

  • मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्त गरिने

    काठमाडौँ । मन्त्रिपरिषद बैठक आज बस्दैछ । आज अपरान्ह ४ बजे वस्ने बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने बताईएको छ ।
    हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदै हुनुहुन्छ । उहाँसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनुहुनेछ । नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहनुभएको छ ।

    प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।


    मंगलवार, आषाढ २३ २०७७०३:२०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij