Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

उपसभामुख हटाउने एजेन्डाबाट कांग्रेस–एमाले पछि हट्छन् : प्रचण्ड

उपसभामुख हटाउने एजेन्डाबाट कांग्रेस–एमाले पछि हट्छन् : प्रचण्ड

  • शनिवार, भाद्र २९ २०८१

  • 644
    SHARES

  • उपसभामुख हटाउने एजेन्डाबाट कांग्रेस–एमाले पछि हट्छन् : प्रचण्ड

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले ब्याक हुने बताउनुभएको छ। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो।

    सञ्चारकर्मीसँग उहाँले भन्नुभयो,‘उपसभामुख एउटा इमानदार, जनजाति महिला,बालबच्चाको लागि ख्याति प्राप्त हुनुहुन्छ। उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो।त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौँ। सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस–एमाले नै पछि हट्नु हुन्छ होला।’

    प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै उनीहरू सबै उक्त पदका लागि योग्य भएको बताउनुभयो। उहाँले रिक्त रहेका संवैधानिक पदहरूमा एकै पटक नियुक्त गर्नु राम्रो हुने बताउनुभयो। प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुङ्गिएसम्म संसद् चल्न नदिने बताउनुभयो ।


    शनिवार, भाद्र २९ २०८१०४:३५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij