Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

इन्डोनेसियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका कार्यकारी प्रमुख बीच भेटवार्ता

इन्डोनेसियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका कार्यकारी प्रमुख बीच भेटवार्ता

दुवै देशको पर्यटन प्रर्वद्धनमा सहकार्य गर्ने प्रतिवद्धता
  • शुक्रवार, भाद्र २८ २०८१

  • 716
    SHARES

  • इन्डोनेसियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका कार्यकारी प्रमुख बीच भेटवार्ता

    काठमाडौं। इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी बीच दुई देशको पर्यटन प्रर्वद्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

    नेपाल पर्यटन बोर्डमा शुक्रबार भएको भेटघाटमा दुवै देशको पर्यटन प्रर्वद्धनमा आपसी सहकार्यमा जोड दिैंदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त भएको छ ।

    भेटका अवसरमा बोल्दै उपमन्त्री नी माडे आयु मार्थिनीले नेपालको कला संस्कृति र सुन्दरताले आफु मोहित भएको बताउँदै नेपालको पर्यटन प्रर्वद्धनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । “नेपाल साच्चिकै सुन्दर देश रहेछ । यहाँको आतिथ्यता र यहाँका मानिहरुको व्यवहारले म साच्चिकै मोहीत भएकी छु । नेपालमा पर्यटनको पर्याप्त सम्भावना देखेकी छु । नेपालको पर्यटन प्रर्वद्धनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिद्धता व्यक्त गर्दछु । ” उहाँले भन्नु भयो ।

    सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल इन्डोनेशियाबीच सौहार्दपूणर् सम्बन्ध रहेको उल्लेख गर्दै बोर्ड आससी सहकार्यका लागि बोर्ड सधैं तयार रहेको बताउनु भयो । “नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रर्वद्धनको लागि विगतमा पनि सहकार्य थियो । हामी त्यो सहकार्यको निरन्तता चाहन्छौं । जसबाट नेपालको पर्यटन प्रर्वद्धन हुन सकोस । उहाँले भन्नु भयो ।

    उहाँले दुवै देशको  प्रर्वद्धनका लागि बीटुबी गर्न सकिने तथा सिधा र नियमित उडान गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताउनु भयो ।

    सो अवसरमा नेपाल र बंगलादेशका लागि इन्डोनेसियाका राजदूत हेरु हर्तान्नो सुबोलोले इन्डोनेसियाको पर्यटन बोर्ड तथा नेपाल पर्यटन बोर्डबीच सहकार्यका गर्नु पर्नेमा जोड दिंदै दुवै देशलाई फाइदा पुगने गरि प्रर्वद्धनात्मक कार्यक्रम गर्न सकिने धारणा राख्नु भयो ।

    सो अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा,निमित्त बजार निर्देशक लक्ष्मण गौतम तथा पर्यटन बोर्डका अधिकारी तथा इन्डोनेसियाको राजदुतावासका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


    शुक्रवार, भाद्र २८ २०८१०५:३५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij