काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका कामकारबाहीका विषयमा छलफल हुने छ ।
नेकपा एमालेका कार्यालय सचिव भीष्म अधिकारीले समसामयिक विषय र पोलिटव्युरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे दिएको सुझावबारे छलफल हुने बताउनुभयो ।
एमालेको पोलिटव्युरो बैठक भदौ १८ र १९ गते बसेको थियो । सदस्यहरुले दिएका सुझाव समेटेर कार्ययोजनालाई अन्तिम रुप दिन पार्टी सचिवालयलाई जिम्मा दिइएको थियो ।
बैठकमा शुक्रबार बोलाइएको संवैधानिक परिषद बैठक र उपसभामुख इन्दिरा रानामगरको विषयले प्रवेश पाउने सम्भावना छ ।