Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रास्वपको जवाफ : नेपालीलाई भुटानी शरणार्थी बनाउँदा शीर झुकेन ?

रास्वपको जवाफ : नेपालीलाई भुटानी शरणार्थी बनाउँदा शीर झुकेन ?

  • बुधवार, भाद्र २६ २०८१

  • 371
    SHARES

  • रास्वपको जवाफ : नेपालीलाई भुटानी शरणार्थी बनाउँदा शीर झुकेन ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना प्रकरणमा नेपाली कांग्रेसलाई जवाफ फर्काएको छ । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले उपसभामुखले देशको शिर झुकाएको निष्कर्ष निकालेको थियो ।

    त्यसको जवाफ दिँदै रास्वपा सांसद मनिष झाले कांग्रेसलाई नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन भनेर प्रश्न गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘उपसभामुखले १९ महिनाअघि लेखेको एउटा पत्रमा उहाँले गल्ती भयो भनेर विज्ञप्ति निकालिसक्नुभएको छ । अहिले त्यसलाई राजनीतिक रूपमा चर्चा गरिँदैछ । बार्गेनिङका लागि त्यो लेटर प्रयोग गरिँदैछ । कांग्रेसको अभिव्यक्ति आयो नेपालको शिर झुकाउने काम भयो भनेर । नेपालको शिर त्यो बेला किन झुकेन नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाइयो ।’

     


    बुधवार, भाद्र २६ २०८१०२:०२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij