काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ।
बैठक भापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
आजको बैठकमा उपसभापति धनराज गुरूङमाथि सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामूहिक धारणा बनाउन तथा उपसभामुख इन्दिरा रानालाई हटाउने बारेका एजेन्डा रहेका छन्।
उपसभामुख रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको बताइएको छ।
सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ।