Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीद्वारा आमरण अनशन शुरु

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीद्वारा आमरण अनशन शुरु

  • मंगलवार, भाद्र २५ २०८१

  • 543
    SHARES

  • कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीद्वारा आमरण अनशन शुरु

    काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन शुरु गर्नुभएको छ । आफू मुख्यमन्त्री हुँदा सुरू गरेका योजना कटौती गरेको भन्दै प्रदेशसभा अगाडि बनस्खण्डी मन्दिर नजिकै उहाँले अनशन सुरू गर्नुभएको हो ।

    कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिनुभएको थियो । उहाँले आफ्ना माग पूरा नभए आमरण अनसन बस्ने चेतावनी दिनुभएको थियो ।

    कार्कीले अनशन बस्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसोबाट अनिश्चितकालीन निषेधादेश जारी गरेको छ । पूर्वमुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम कटौती गरिएको दाबी गर्नुभएको छ ।

    उहाँले प्रदेश सरकारले ल्याउने बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति भएपनि कमका योजना हालेको भन्दै सच्याउन माग गर्नुभएको छ ।

     


    मंगलवार, भाद्र २५ २०८१०५:२४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij