Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

इपानको गण्डकी प्रदेश संयोजकमा जगत पोखरेल नियुक्त

इपानको गण्डकी प्रदेश संयोजकमा जगत पोखरेल नियुक्त

  • आइतवार, कार्तिक २३ २०७७

  • 2.1K
    SHARES

  • इपानको गण्डकी प्रदेश संयोजकमा जगत पोखरेल नियुक्त

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको छाता संस्था (इपान)ले आफ्नो गण्डकी प्रदेश संयोजकको जिम्मेवारी जगत पोखरेललाई दिएको छ । 
    संस्थाका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले पोखरेललाई सर्वसम्मत यो जिम्मेवारी दिने निर्णय गरेको हो ।

    भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड मार्फत् कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना बनाइरहेका पोखरेलइपानको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

    जलविद्युतमा सवैभन्दा धेरै संभावना भएको र सवैभन्दा धेरै योगदान गरिरहेको प्रदेशका रुपमा रहेको गण्डकी प्रदेशको संयोजकको जिम्मेबारी पाउँदा गौरव महसुस भएको पोखरेलले बताउनु भएको छ । जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै पोखरेलले भन्नुभयो, “जलविद्युतको हब गण्डकी प्रदेशमा ऊर्जा विकासका लागि सक्दो योगदान दिने भरपुर प्रयास गर्नेछु । ”

    उहाँले गण्डकी प्रदेशमा जलविद्युतको विकासका लागि संघ, प्रदेश तथा स्थानीय सरकार लगायत सरोकारवाला सबै पक्षसँग मिलेर काम गर्ने बताउनुभयो । नवनियुक्त संयोजक पोखरेलले भिजन लुम्बिनी बहुउद्धेश्यीय कम्पनीको कार्यकारी अध्यक्षको रुपमा जलविद्युत बाहेकका अन्य धेरै व्यवसायीक तथा सामुहिक कामहरु पनि गर्दै आउनु भएको छ ।

    नेपाल जेसिजका पूर्व अध्यक्ष समेत रहनु भएका पोखरेल आरम्भ चौतरी लघुवित्तको अध्यक्ष र लघुवित्त संघ नेपालको संस्थापक केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।


    आइतवार, कार्तिक २३ २०७७०८:०८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij