Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटन मैत्री नीति निर्माण गरिने छ : मन्त्री पाण्डे

पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटन मैत्री नीति निर्माण गरिने छ : मन्त्री पाण्डे

  • मंगलवार, भाद्र २५ २०८१

  • 475
    SHARES

  • पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटन मैत्री नीति निर्माण गरिने छ : मन्त्री पाण्डे

    काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटन मैत्री नीति निर्माण गरिने बताउनु भएको छ ।

    उहाँले आर्थिक समृद्धिको लागि सरकारले लगानी मैत्री वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिँदै मन्त्रालयले सोही अनुरुप काम गरिरहेको बताउनु भयो ।

    नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीको स्वागत तथा पर्यटन क्षेत्र सम्बद्ध संघ संस्थाहरुबीचको परिचयात्मक कार्यक्रमा बोल्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई सहज हुनेगरि नीति परिमार्जन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

    “म निजी क्षेत्रलाई आवश्स्त पार्न चाहन्छु । मन्त्रालयले यो नीतिमा परिमार्जन गर्नु पर्ने थियो । तर मन्त्रालयले अकर्मण्डयता देखायो भरेर भन्ने अवस्था सिर्जना हुन दिने छैन् । जति दिन म मन्त्री हुन्छु । राम्रो नीति बनाउने विषयमा म पुर्ण पर्यत्नशील रहनेछु । ” उहाँले भन्नु भयो ।

    मन्त्री पाण्डेले पर्यटन बोर्डले नयाँ कार्यकारी प्रमुख प्राप्त गरेकोले पर्यटनलाई चलायमान हुने र अन्य संस्थाले अनुकरण गर्ने गरि काम गर्न निर्देशन दिनुभयो ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पर्यटनमा सरकारको लक्ष्य प्राप्त गर्न निजि क्षेत्रसंगको सहकार्यमा बोर्डका कामहरु अगाडी बढाइने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

    पर्यटनका क्षेत्रमा देखिएका चुनौतीलाई चिर्दै अगाडी बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै कार्यकारी प्रमुख जोशीले आफ्नो चार वर्षको कार्यकालको संक्षिप्त योजना पेश गर्नु भएको थियो ।

    कार्यक्रममा निजी क्षेत्रबाट तर्फबाट बोल्दै होटल एशोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाह, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणी थपलिया, टानका महासचिव शोनाम ग्यालजेन शेर्पा, पाटाका महासचिव नरेन्द्र भट्ट, स्कालका अध्यक्ष महेन्द्रराज पौडेल, एअरलायन्स अपरेटर एशोसिएसन अफ नेपाल (आवोन) का अध्यक्ष मनोज कार्की लगायतले पर्यटन क्षेत्रको विकासको लागि पर्यटनमैत्री नीति बनाउन आग्रह गर्नु भयो ।

    नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले स्वागत सहित नवनियुक्त कार्यकारी प्रमुखको परिचय गराउनु भएको थियो ।


    मंगलवार, भाद्र २५ २०८१०३:३४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij