Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ज्योति गुरुङसँग सम्बन्धबिच्छेद भइसक्यो, मलाई सहकारीमा जोड्न मिल्दैन : धनराज गुरुङ

ज्योति गुरुङसँग सम्बन्धबिच्छेद भइसक्यो, मलाई सहकारीमा जोड्न मिल्दैन : धनराज गुरुङ

  • मंगलवार, भाद्र २५ २०८१

  • 668
    SHARES

  • ज्योति गुरुङसँग सम्बन्धबिच्छेद भइसक्यो, मलाई सहकारीमा जोड्न मिल्दैन : धनराज गुरुङ

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने बताउनुभएको छ ।

    मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ज्योतिसँग सम्बन्ध बिच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानबिन गर्न माग गर्नुभएको छ ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पत्नी ज्योति गुरुङ मितेरी सहकारीको ठगी प्रकरणमा दोषी रहेको भन्दै कांग्रेस नेता धनराज गुरुङमाथि छानबिन गर्न माग गर्नुभएको थियो ।

    विगतमा पनि आफूलाई आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको भन्दै सांसद गुरुङले मितेरी सहकारीको रकम अपचलनमा आफूमाथि कुनै छानबिन गर्न माग गर्नुभयो ।

    अहिले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन आउने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले विषयान्तर गर्न मात्र आफ्नो विषय उठाएको गुरुङले बताउनुभयो ।


    मंगलवार, भाद्र २५ २०८१०२:२१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij