Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

  • मंगलवार, भाद्र २५ २०८१

  • 698
    SHARES

  • अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

    काठमाडौं । अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस हुनुभएको छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेता यादवलाई अष्ट्रेलियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहनुभएकी उहाँल शिक्षा मन्त्री समेत बन्नुभएको थियो ।

    सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो तर रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा चित्रलेखालाई सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

    संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने छ ।


    मंगलवार, भाद्र २५ २०८१०८:४२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij