Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रिपोर्टर्स क्लब नेपालद्वारा पलेशा गोवर्धनलाई एक लाख पुरस्कारसहित सम्मान

रिपोर्टर्स क्लब नेपालद्वारा पलेशा गोवर्धनलाई एक लाख पुरस्कारसहित सम्मान

  • सोमवार, भाद्र २४ २०८१

  • 553
    SHARES

  • रिपोर्टर्स क्लब नेपालद्वारा पलेशा गोवर्धनलाई एक लाख पुरस्कारसहित सम्मान

    काठमाडौं । रिपोर्टर्स क्लब नेपालले पेरिस प्यारालम्पिक तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई एक लाख पुरस्कारसहित सम्मान गरेको छ ।सोमबार क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान गर्नुभएको हो ।

    त्यसैगरी, कोच कविराज नेगी र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ । कोच नेगीलाई २५ हजार पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको छ । व्यवस्थापक श्रेष्ठलाई विशेष सम्मानसहित अभिनन्दन गरिएको छ ।

    रिपोर्टर्स क्लबका सभापति धमलाले पलेशाले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम राखेको भन्दै प्रशंसा गर्नुभयो । पलेशाले लगातार ११ वर्षसम्म संघर्ष गरेको कारण देशको शान, मान र प्रतिष्ठा बढेको उहाँले बताउनुभयो। सभापति धमलाले हरेक व्यवस्था परिवर्तनमा रिपोर्टर्स क्लब नेपालले योगदान पुर्याएको स्मरण गराउनुभयो ।

    काश्य पदक विजेता पलेशाले आफूले ११ वर्षसम्म गरेको कडा मेहनतको फल पाउँदा खुसी लागेको बताउनुभयो। ‘नेपालले पनि मेडल ल्याउन सक्छ र ?’ भन्ने प्रश्नको उत्तर आफूले लिएर आएको उहाँले बताउनुभयो । आफूले सपोर्ट नपाएर पनि यो गेममा कडा मेहनतको बावजुद सफल भएको बताउनुभयो । ‘ धेरै गाह्रो थियो यो मेडल ल्याउन । किनकी संघर्ष त्यति नै थियो, सपोर्ट धेरै थिएन । हामीले सपोर्ट कहिले पनि पाएनौं । अहिले सबैको आँखा यता परेको छ । राम्रो स्थिति भयो भने मैले एलए को गेममा पनि सहभागिता जनाउन सक्छु । आशा गरौं, त्यहा गोल्ड मेडल लिएरै आउनेछौं,’– उहाँले भन्नुभयो।

    2.jpg

    साथै, आफूमाथि सबैको आशा बढिरहेको पाएको पनि उहाँले सुनाउनुभयो। आफूले खेल र पढाइलाई एकसाथ अगाडि लगिराखेको बताउँदै पलेशाले आफूले जहिले पनि कडा मेहनतमा विश्वास गर्ने भएर यो सम्भव भएको बताउनुभयो । ‘नेपालीहरुको लागि इम्पोसिबल ड्रिम थियो । त्यो पनि पोसिवल छ है भनेर मैले देखाएको छु । सबैले मलाई रोल मोडलको रुपमा लिएका छन् । मेरो स्टोरीले उहाँहरुलाई प्रभावित पारेको छ । अन्तिममा के भन्न चाहन्छु भने, तपाई सपना नछोड्नुस् । मेहनत गर्नुस्, मेहनतको फल अवश्य नै पाउनुहुनेछ,’ –उहाँले भन्नुभयो ।

    त्यसैगरी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले आफूहरुले पर्याप्त सुविधा दिएर पलेशालाई तयारी गराउन नसकेको बताउनुभयो । राज्यले खेलाडीलाई गर्नुपर्ने व्यवहार र सहयोग गर्न नसकेको उहाँले बताउनुभयो।


    तेक्वान्दोका लागि पूर्वाधार विकासको पनि आवश्यक्ता रहेको उहाँले बताउनुभयो ।

     


    सोमवार, भाद्र २४ २०८१०७:१५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij