Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली भन्दा बढी झुट बोल्ने मान्छे सायदै होला : ज्ञानेन्द्र शाही

प्रधानमन्त्री ओली भन्दा बढी झुट बोल्ने मान्छे सायदै होला : ज्ञानेन्द्र शाही

  • सोमवार, भाद्र २४ २०८१

  • 776
    SHARES

  • प्रधानमन्त्री ओली भन्दा बढी झुट बोल्ने मान्छे सायदै होला : ज्ञानेन्द्र शाही

    काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ‘प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा झुट बोल्ने मान्छे सायद नेपालमा कोही नभएको’ भन्दै आक्रोश पोख्नुभएको छ ।

    सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा नगएर ओलीले झुट बोलेको आरोप लगाउनुभयो ।

    ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए । डा. सन्दुक रूइत जानुभयो हामी गयौँ‚’ उहाँले भन्नुभयो‚‘लास्टमा म आउँदिन दीक्षान्त समारोह पछाडि सार ।’

    उहाँले यो हुकुमी शासन हो भन्दै थप्नुभयो‚ ‘त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्छ ।’

    प्रधानमन्त्री बिरामी भएको कुरा स्वीकार गर्न सकिने भन्दै उहाँले भन्नुभयो‚ ‘भ्युटावर भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर जानुहुन्न ।’ उहाँले कांग्रेस र एमालेको भातृ सङ्गठनलाई सम्हाल्न समेत चुनौती दिनुभयो ।

     


    सोमवार, भाद्र २४ २०८१०२:२८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij