Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेकपाका दुई अध्यक्षबीच ‘वान टु वान’ छलफल जारी राख्दै स्थायी कमिटी बैठक सुरु गर्ने सहमति

नेकपाका दुई अध्यक्षबीच ‘वान टु वान’ छलफल जारी राख्दै स्थायी कमिटी बैठक सुरु गर्ने सहमति

  • मंगलवार, आषाढ २३ २०७७

  • 968
    SHARES

  • नेकपाका दुई अध्यक्षबीच ‘वान टु वान’ छलफल जारी राख्दै स्थायी कमिटी बैठक सुरु गर्ने सहमति

    नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक्लाएक्लै छलफल जारी राख्दै स्थायी कमिटी बैठक सुचारु गर्ने सहमति भएको छ ।
    प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई अध्यक्षबीच आज झन्डै दुई घन्टा भएको छलफलमा उनीहरू यस्तो सहमतिमा पुगेका हुन् ।
    बिहान ११ः४० देखि १ः३० सम्म भएको छलफलमा दुई अध्यक्षल भोलीबाट पुनः सुरु हुने तालिकामा रहेको स्थायी कमिटी बैठकलाई निरन्तरता दिने समझदारी गरेका छन् ।
    साथै स्थायी कमिटी बैठक चल्दै गर्दा दुई अध्यक्षबीच पनि एक्लाएक्लै छलफल निरन्तर गर्ने समझदारी भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।
    उहाँले निरन्तर छलफल गरी पार्टीभित्र देखिएको विवाद सुल्झाउन प्रयास भइरहने गरी दुई अध्यक्षबीचको कुराकानी अघि बढेको जानकारी दिनुभयो ।
    सोमबार भएको दुई अध्यक्षको छलफलले दोस्रो तहका नेताहरूलाई वार्तामा सहभागी नगराई अध्यक्षद्वयले एक्लाएक्लै छलफल गर्दै जाने समझदारी भएको थियो ।


    मंगलवार, आषाढ २३ २०७७०३:१६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij