Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै

  • आइतवार, भाद्र २३ २०८१

  • 807
    SHARES

  • राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै
    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार(आज) १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
     
    निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
     
    २ भदौमा निक्षेप संकलन उपकरण मार्फत १ खर्ब खिचेकोमा आइतबार उक्त उपकरण परिपक्व हुँदैछ । उक्त उपकरणको सावाँ ब्याज भुक्तानी हुने दिन नै पुन २१ दिनका लागि १ खर्बको  निक्षेप संकलन उपकरण बोलकबोल हुने भएको हो । यसअघि १२ भदौ र १९ भदौमा ४०÷४० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएको थियो थियो । जसमध्ये  १२ भदौमा २२ अर्ब २० करोड  र १९ भदौमा ३७ अर्ब ८० करोड निष्कासन गरेको थियो । २१ दिन अवधिको दुवै उपकरण परिपक्व हुन बाँकी छ ।
     
    चालु आर्थिक वर्ष लागेपछि नेपाल राष्ट्र बैंकले  २ अर्ब ४६ अर्ब ४० करोड रुपैयाँ तरलता निक्षेप संकलन उपकरण मार्फत प्रशोधन गरिसकेको छ । जसमध्ये १ खर्ब ५८ अर्ब ६० करोड बक्यौता छ । १ खर्ब आज परिपक्व हुन लागेकोमा १ खर्ब खिच्ने भएको हो ।
     
    यसबाहेक स्थायी निक्षेप सुविधा अन्तर्गत  ५६ खर्ब ७५ अर्ब १० करोड तरलता खिचेको छ । जसमध्ये १ खर्ब २० अर्ब १५ करोड बक्यौता छ । चालु आवमा  २१ खर्ब २१ अर्ब ५० करोड तरलता खिचेकोमा  २ अर्ब ७८ अर्ब ७५ करोड बक्यौता रहेको केन्द्रीय बैंकले  जनाएको छ ।


    आइतवार, भाद्र २३ २०८१०२:२८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij