काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको बताउनुभएको छ । उहाँले सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए–नपाएको सरकारले अनुगमन गर्ने समेत जानकारी दिनुभएको छ ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । यसका लागि रु ६० करोड अनुदान दिएको छ ।’
त्यस्तै उहाँले दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक १ हजार देखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको बताउनुभएको छ ।
‘गैरआवासीय छात्रवृत्ति अन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउने छन् ।