Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

  • बुधवार, भाद्र १९ २०८१

  • 412
    SHARES

  • एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

    काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजोदेखि शुरु भएको बैठकमा आज पोलिटब्युरो सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् । प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ ।

    हिजोको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले पेस गर्नुभएको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजनामाथि आज सदस्यहरुले धारणा राख्नेछन् । कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ ।

    एमालेले संगठित सदस्यको संख्या १० लाख पु¥याउने लक्ष्य राखेको छ । त्यस्तै वार्षिक कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

    एमालेको ११ वटा भूगोल र एउटा गैरभूगोलतर्फको जिल्ला अधिवेशन हुन बाँकी छ । हिजोको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ०८४ सालमा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताउनुभयो ।

    उहाँले निर्वाचनमा एक्लै लडेपनि नतिजाका आधारमा सरकार बनाउन तालमेल भने गर्न सकिने उल्लेख गर्नुभयो ।


    बुधवार, भाद्र १९ २०८१०८:४१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij