Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न समितिको निर्देशन

राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न समितिको निर्देशन

  • मंगलवार, भाद्र १८ २०८१

  • 659
    SHARES

  • राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न समितिको निर्देशन
    काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।
     
    समितिको मंगलबारको बैठकले राजदूत निर्देशिका र संविधानको व्यवस्था ख्याल गर्न सरकारलाई भनेको छ । ‘नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ लाई मध्यनजर गरी नेपाल सरकारले आगामी दिनमा विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने’ समितिको निर्णयमा छ । अहिले १७ जना राजदूतहरूको सिफारिसमा समावेशी नभएको भन्दै समितिका सदस्यहरूले आपत्ति जनाएका थिए । त्यसपछि समितिले समावेशी बनाउन निर्देशन दिएको हो ।


    मंगलवार, भाद्र १८ २०८१०५:५५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij