Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

जिब्रो थुत्नुपर्ने गुरुङको बोली आफैलाई भारी

जिब्रो थुत्नुपर्ने गुरुङको बोली आफैलाई भारी

  • मंगलवार, भाद्र १८ २०८१

  • 290
    SHARES

  • जिब्रो थुत्नुपर्ने गुरुङको बोली आफैलाई भारी

    काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपीहरुको सङ्गठन ‘पूर्व प्रहरी सङ्गठन प्रमुख मञ्च’ले सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले माफी माग्नुपर्ने बताउनुभएको छ ।

    सञ्चारमन्त्रीले ‘प्रहरी महानिरीक्षक (आईजीपी)को जिब्रो थुत्नुपर्ने’ भनेर अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापको कार्य गरेको निष्कर्ष निकाल्दै मञ्चले यस्तो धारणा बाहिर ल्याएको हो । मञ्चले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस मञ्च माननीय मन्त्रीज्यूलाई तत्काल उक्त बचन फिर्ता लिएर नेपाल प्रहरी सङ्गठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्नु हुन र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन आग्रह गर्दछ ।’

    पूर्वआईजीपी मञ्चले प्रधानमन्त्रीसँग त्यसबारे आवश्यक कदम चाल्न अनुरोध पनि गरेको छ । त्यस्तै मञ्चले सङ्गठन प्रमुख र सुरक्षाकर्मीहरूलाई अविचलित रहन आग्रह गरेको पूर्वआईजीपी धिरज प्रताप सिंहले बताउनुभयो ।

    भदौ १५ मा सञ्चार मन्त्रीले पोखरामा आईजीपीविरुद्ध अशोभनीय अभिव्यक्ति दिनुभएको थियो ।


    मंगलवार, भाद्र १८ २०८१०२:१२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij