Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

पृथ्वीसुब्बा गुरुङलाई जिब्रोमा ब्रेक लगाउन खतिवडाको सुझाव

पृथ्वीसुब्बा गुरुङलाई जिब्रोमा ब्रेक लगाउन खतिवडाको सुझाव

  • मंगलवार, भाद्र १८ २०८१

  • 582
    SHARES

  • पृथ्वीसुब्बा गुरुङलाई जिब्रोमा ब्रेक लगाउन खतिवडाको सुझाव

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जिब्रोमा ब्रेक लगाउन सुझाव दिनुभएको छ ।

    मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति सञ्चारमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको बताउनुभयो । ‘सञ्चार मन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो । मन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्‚’ उहाँले भन्नुभयो ।’

    सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ भन्ने सांसद दीपक मनाङेको अभिव्यक्तिमा पनि आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो‚‘गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ पैसामा बिक्री गर्न सुरुवात गरेको हो ? यसबारे सरकारले जानकारी देओस् ।’

     


    मंगलवार, भाद्र १८ २०८१०२:०७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij