काठमाठौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्ताव बारे विवाद भएपछि बैठक पटक पटक सारिँदै आएको छ । गत साउन २३ गतेदेखि सुरु भएको बैठक पछिल्लो पटक भदौं १२ गते बोलाइएको थियो तर सहमति नभएपछि बैठक चार दिन पछि सारिएको थियो ।
यसअघि हिजो सभापति देउवा निवास बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच भएको छलफलमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको बताइएको छ ।