Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पलेशा गोबर्धनले जितिन् पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक

पलेशा गोबर्धनले जितिन् पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक

  • शनिवार, भाद्र १५ २०८१

  • 843
    SHARES

  • पलेशा गोबर्धनले जितिन् पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक

    काठमाडौं । पेरिस पारालिम्पिक्समा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन् ।

    के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन् ।

    नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउन सफल भइन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो ।

    कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाइन ।

     


    शनिवार, भाद्र १५ २०८१०७:३८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij