Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

काँग्रेस पाल्पाका पूर्व सभापति कोइरालाको निधन

काँग्रेस पाल्पाका पूर्व सभापति कोइरालाको निधन

  • शुक्रवार, भाद्र १४ २०८१

  • 575
    SHARES

  • काँग्रेस पाल्पाका पूर्व सभापति कोइरालाको निधन

    पाल्पा । नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति ठाकुर चन्द्र (विप्र) कोइरालाको भाद्र १३ गते ८५ बर्षको उमेरमा निधन भएको छ । आफ्नै निवास तानसेन–६ बर्तुङमा निधन भएका कोइरालाको जन्म वि.स.१९९६ भाद्र ३० गते भएको थियो ।

    नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, प्रजातन्त्र सेनानी समेत रहनु भएका कोइराला वि।सं। २०४८ देखि २०५२ सम्म काँग्रेस पाल्पाको सभापति हुनुहुन्थ्यो । त्यसअघि उहाँ वि.सं. २०१५ सालमा युवा कांग्रेस पाल्पाको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

    स्वर्गीय कोइरालाले नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका लागि भएका आन्दोलन र संघर्षका क्रममा पटक–पटक जेल जीवन बिताउनु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका एक अथक सहयोद्धालाई गुमाएको सभापति शेरबहादुर देउवाले बताउनु भएको छ ।

    पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले प्रकाशित गर्नु भएको वक्तव्यका अनुसार कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सभापति देउवाले भन्नु भएको छ— “कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले निर्वाह गर्नु भएको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ ।”

    उहाँको निधनप्रति नेपाली काँग्रेस पाल्पाले पनि गहिरो शोक व्यक्त गरेको छ । जिल्ला सभापति हिमालदत्त श्रेष्ठले शोक वक्तव्य जारी गर्दै उहाँको निधनबाट काँग्रेस पाल्पाले एक अनुभवी अग्रज अविभावक गुमाएको उल्लेख गर्नु भएको छ ।

    स्वर्गीय कोइरालाका श्रीमती, तीन छोरा र एक छोरी हुुन् । तीन छोरा मध्ये दुई छोरा र श्रीमतिको निधन भइसकेको छ । कोइरालाको पार्थिव शरीरलाई राम्दीमा दाहसंस्कार गरिएको छ ।


    शुक्रवार, भाद्र १४ २०८१०८:४४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij